दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीतिहरु कार्यान्वयन गरिने

काठमाडौं । उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्काले सरकार दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीतिहरु कार्यान्वयन गर्नेतर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह २०८१ को समारोहलाई सम्बोधन गर्दै उनले सबैको सहकार्यबिना जलस्रोत र मौसम सम्बन्धि चुनौतीको सामना गर्न गाह्रो हुने भन्दै सबैलाई एकिकृत गर्दै दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीतिहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘सबैको सहकार्यबिना जलस्रोत, मौसम र मौसम सम्बन्धि चुनौतीको सामना गर्न सकिदैँन् । सरकार यस क्षेत्रमा कार्यरत सबै सरकारी तथा गैरसरकारी संस्था तथा विज्ञहरुलाई एकिकृत गर्दै दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीतिहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’यसका साथै, उनले जलवायु परिवर्तनका असरहरुलाई न्यूनिकरण गर्दै जलस्रोतको दिगो उपयोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई विस्तार गर्नुपर्ने पनि बताए । उनले भने, ‘जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्दै जलस्रोतको दिगो उपयोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई विस्तार गर्नुपर्छ । जलस्रोत व्यवस्थापनको क्षेत्रमा नेपालले छिमेकी देशहरुसँग मिलेर कार्य गर्न सक्ने थुप्रै अवसरहरु छन् । हामी जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थाहरुसँग सहकार्य गरि नेपालका जलस्रोतहरुको दिगो व्यवस्थापन विकासका लागि सुनिश्चित गर्ने छौ ।’ 

प्रतिक्रिया