धनुषाको भठिहनमा प्रहरीको गोली लागेर एक जना घाइते

जनकपुर । धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच आज पनि झडप भएको छ ।

दुई पक्षबीचको झडप बढ्न थालेपछि नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एकजना युवक घाइते भएका छन् । घाइते हुनेमा सहिदनगर वडा नं.१ का करिब २० वर्षीय सन्तोष यादव रहेको जनाइएको छ । घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । भठिहनस्थित चोकमा एक पक्षले यादव चोक लेखिएको बोर्ड लगाएपछि अर्को पक्षले सो बोर्ड उखालेपछि तनाव उत्पन्न भएको थियो ।
 

प्रतिक्रिया