वयोवृध्द नवराज सुवेदीको नेतृत्वमा 'राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति' गठन

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दै हुने आगामी आन्दोलन सञ्चालनका लागि वयोवृध्द पूर्व पञ्चनेता नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन गरिएको छ। सुवेदी तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष हुन्।

समितिको सदस्य सचिवको जिम्मेवारी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई दिईएको छ।

मिश्रका अनुसार, समितिका सदस्यहरुमा पशुपति शमशेर जबरा, डाक्टर प्रकाश चन्द्र लोहनी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन, मेडिकल व्यवसायी दुर्गा प्रसाईं,  विश्व हिन्दू महासंघकी अध्यक्ष अस्मिता भण्डारी, पूर्व पञ्च नेताहरु हरिबहादुर बस्नेत र केशर बहादूर बिष्ट तथा सञ्चारकर्मी रमा सिंह रहेका छन्।

यसैगरी पाँचजना सल्लाहकार समिति पनि गठन गरिएको छ। जसमा डा जगमान गुरुंग, बुद्धिराज बज्राचार्य, डा शास्त्र दत्त पन्त, मधेश प्रदेशका पूवै प्रमुख डा राजेश अहिराज र विद्रोही कांग्रेस नेता खेमराज सेडाईं रहेका छन्।

प्रतिक्रिया