सुनको मूल्यले बनायो हालसम्मकै नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

हालसम्मका सबै रेकर्ड तोड्दै  छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो । उक्त दिनको तुलनामा आज १ हजार १०० रुपैयाँ बढेको हो । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा  १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया