काठमाडौं। दुइ महिनापछि भारतको अरुणाञ्चलमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
आगामी मे ९ देखि १८ तारिखसम्म भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली रङ्गशालामा हुने प्रतियोगिताको आज सार्वजनिक खेल तालिकाअनुसार नेपालको पहिलो खेल प्रतिष्पर्धा श्रीलङ्कासँग हुनेछ। सो खेल आगामी मे ११ मा हुनेछ। त्यसदिन भूटान र बङ्गलादेशवीच पनि प्रतिस्पर्धा हुनेछ।
६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ भने समूह ‘बी’ मा नेपालसँगै भारत र श्रीलङ्का छन्। त्यसैगरी नेपालको दोस्रो प्रतिष्पर्धा मे १३ मा घरेलु टोली भारतसँग हुनेछ। त्यसैदिनको अर्को खेल माल्दिभ्स र भूटानबीच हुनेछ।
प्रतियोगिताको समूह ‘ए’ मा भने साविक विजेता बङ्गलादेश, माल्दिभ्स र भूटान छन्। उद्घाटन खेलमा समूह ‘बी’ अन्तर्गतका बङ्गलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ भने उद्घाटनकै दिन हुने अर्को खेलमा श्रीलङ्का र भारतबीच प्रतिस्पर्धा हुने जानकारी दिईएको छ।
प्रतिक्रिया