काठमाडौं । काठमाडौँ विश्वविद्यालय (केयु)का नवनियुक्त उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले पद तथा गोपनीयताको सपथ लिएका छन्। कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्लेलाई शपथ दिलाएका हुन्।
कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा वाग्लेलाई केयुको विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ ९४० बमोजिम उपकुलपति पदमा हिजो नियुक्त गरेका थिए।
प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भसमेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय कायम राख्ने गरी काम अघि बढाउन वाग्लेलाई सुझाव दिएका थिए।
नवनियुक्त उपकुलपति वाग्ले यसअघि केयुकै कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार थिए।
वाग्ले कुनैबेलाका सक्रिय पत्रकार तथा विश्लेषक पनि हुन्।
प्रतिक्रिया