काठमाडौं । केरूङ लान लागिएको ठूलो परिमाणका विदेशी मुद्रा सहित काठमाडौंको झोरबाट एकजना पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । करिब २५ करोड बराबरको विदेशी मुद्रासहित एक जनालाई प्रहरीले सबुतसहित पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका-१ का कुशाङ लामा रहेका छन्। उनी पहिला पनि सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेका थिए।
प्रहरीका अनुसार केरूङबाट दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेका थिए। उक्त सूचना प्रहरीले पाएको थियो। लगत्तै प्रहरीले अपरेसन सुरू गरेको थियो।
सोमबार राति काठमाडौंको झोरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी (ना ७ ख १६५२) र एक व्यक्तिसहित २५ करोड बराबरको रकम बरामद गरेको थियो।
प्रतिक्रिया