काठमााडैं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर आफूले बोलेकामा प्रतिनिधिसभा माफी मागेका छन् ।
घिमिरेले चैत ३ गते विशेष समयमा बोल्दै यौन व्यवसाय खुला गर्नुपर्ने माग गर्दै व्यवसायीलाई लाईसेन्सको समेत प्रवन्ध गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । त्यसपछि उनको पार्टी नेपाली कांग्रेसभित्र नै घिमिरेको चर्को आलोचना भएको थियो भने सभापतिले बोलाएको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा उनको राजीनामा समेत मागिएको थियो ।
आज प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ बोल्दै घिमिरेले आफ्नो व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिएर क्षमायाचना पनि गरे।
घिमिरले भने, ‘मैले व्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन्। यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन। यी विचारहरुले सम्मानित संसदका सदस्यहरु एवम् अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै क्षमायाचना गर्दछु।’
यो समाचार पनि पढ्नुहोला- https://www.drishyatv.com/news/16782
प्रतिक्रिया