काठमाडौं । एन्जिला फिल्म हेरेर प्रभावित भएका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङले फुटबलप्रेमीहरुलाई फिल्म हेर्न सुझाएका छन् ।
पंकजले आफ्नो फेसबुकमा लेखेका छन्- एन्जिला आफैंमा असाध्यै मेहनती खेलाडी र कप्तान हुन्। मैदानमा उनको प्रतिभालाई पटक पटक तालि बजाउने अवसर पाएको छु। उनै एन्जिलाको अभिनय कलाले पटक पटक रुवाउने अर्को क्षमता पनि हेर्न अवसर जुर्यो, भावुक बनायो। एउटा खेलाडीको सपना, सपना पूरा गर्नका लागि गरिएको सङ्घर्षका पलको हरेक दृष्यहरू र शब्दहरुमा देखिएको भावहरुले हामी हरकोहिलाई रुवाएको छ। एन्जिला खेलाडीको जीवनी फिल्म मात्रै नभइ समग्र समाजको चित्रण गरिएको चलचित्र हो । यस चलचित्रका निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठ लगायत आदरणीय कलाकारहरूको सिङ्गो टिम तथा राष्ट्रीय महिला फुटबल टिमका खेलाडीहरू सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
यस्ता प्रेरणादायी कथाहरूले युवा खेलाडीहरूलाई थप प्रोत्साहन दिनेछ भन्ने विश्वास लिएको छु । हामी अभिभावकका रुपमा आफ्ना नानीबाबुहरुको सपना, उनिहरुको इच्छालाई कसरी हेरिरहेका हुन्छौं । नवीन पुस्ताहरुको नयाँ बाटोहरुमा उनिहरुको कर्मले कसरी स्थापित बनाउछ भन्ने कथालाई पनि चित्रित गरेको यो फिल्म केबल एक पात्रको कथा मात्रै नभइ हाम्रो समाज, सोच र अवस्थाको सिङ्गो यथार्थता पनि हो। म हरेक अभिभावकहरुलाई आफ्नो छोरीछोराहरूलाई लगेर एक पटक यो चलचित्र सङ्गै बसेर हेर्न अनुरोध पनि गर्दछु। खेलकुदले समाजमा सकारात्मक प्रभाव पार्छ र राष्ट्रिय एकतालाई बलियो बनाउँछ।
एन्जिलाको समर्पण र योगदानले नेपाली महिला फुटबललाई नयाँ उचाइमा पुर्याएको छ। म सबै दर्शकहरूलाई यो फिल्म हेरेर आफ्नो अनुभव साझा गर्न र नेपाली फुटबल खेलकुदलाई समर्थन गर्न आग्रह गर्दछु।
प्रतिक्रिया