काठमाडौं । आगामी शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘११:५५’को काठमाडौंमा रेडकार्पेट प्रिमियर गरिएको छ ।
बुधबार साँझ भएको प्रिमियरमा फिल्मको टोलीसहित कलाकार, सञ्चारकर्मीहरुको उल्लेख्य सहभागी रहेको थियो । केशव पाण्डेको डेब्यू निर्देशन रहेको यस फिल्ममा प्रमुख कलाकारका रुपमा नायक महेश त्रिपाठी, नायिका सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, डेब्यू नायक सागर खनाल रहेका छन् । यसका अलावा कलाकार बुद्धि तामाङ, विशाल पहारी र एमएस अग्रजलगायतको पनि अभिनय रहेको छ ।
ट्रेलरले यसअघि नै फिल्ममा लभ, रोमान्स, धोका, एक्सन र रहस्यका खुराकहरुको संकेत गरिसकेको छ । निर्माण पक्षका अनुसार क्राइम थ्रिलर जनरामा बनेको यस फिल्ममा शहरको धोका, जालझेल र आफ्नो स्वास्थ पूर्तिका लागि जस्तोसुकै कदम चाल्न सक्ने प्रवृतिका भएका पात्रहरुको कथा छ ।
विचित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता श्याम शर्मा र सरोजा शर्मा हुन् । बुधबार साँझदेखि नै देशभरका हलले यो फिल्मको एड्भान्स टिकट बिक्री सुरु गरिसकेका छन् ।
प्रतिक्रिया