एक सय तीन केजी गाँजासहित ट्रक नियन्त्रणमा

रौतहट । बारा सशस्त्र प्रहरीले १ सय ३ के.जी. लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले चैत्र ६ गते राती रामनगरबाट १ सय ३ के.जी. गाँजासहित ना. ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट  बेनौलीवाट खटिएको टोलिले पचरौता नगरपालिका–३ रामनगरबाट राती  गाँजासहित  ट्रक नियन्त्रणमा लिएको बारा  सशस्त्र प्रहरीले जनाएको छ । लागु औषध गाँजासहित ट्रकलाई आवश्यक कारबाही अघि बढाइएको  सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ ।
 

प्रतिक्रिया