काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सूचना प्रविधिको विकाससँगै पछिल्लो समय गुणस्तरहीन र समाजलाई विकृतितिर धकेल्ने चलचित्रहरु उत्पादन भइरहेको बताएका छन् ।
बिहीबार आठौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय गुणस्तरहीन र समाजमा विकृति विसंगतीतिर धकेल्ने चलचित्रहरुपनि उत्पादन भइरहेको भन्दै त्यस्ता चलचित्रले समाजलाई अगाडि होइन अपराध र कुरुपतातर्फ धकेल्न प्रोत्साहित गरिरहेको पनि बताए । उनले भने,‘सूचना प्रविधिको विकाससँगै पछिल्लो समय गुणस्तरहीन र समाजमा विकृति विसंगतीतिर धकेल्ने चलचित्रहरुपनि उत्पादन हुने गरेको पाइन्छ । त्यस्ता चलचित्रले समाजलाई अगाडि होइन अपराध र कुरुपतातर्फ धकेल्न प्रोत्साहित गरिरहेको छन् ।’ त्यस्तै उनले एआई जस्ता नयाँ प्रविधिको प्रयोगलाई अवसरमा बदल्न सकिएमा चलचित्र क्षेत्रमा नयाँ फ्डको मार्न सकिने धारणा राखे । डिजिटल प्रविधि, एआई जस्ता नयाँ प्रविधिले चलचित्र उद्योगमा अवसर र चुनौती दुबै एकसाथ ल्याएको भन्दै उनले चुनौतीलाई अवसरमा बदल्न चलचित्रकर्मीले नयाँ उचाइमा पुगेर चिन्तन गर्न आवश्यक रहेको बताए । उनले भने,‘आज विश्व चलचित्र उद्योगले प्रविधिको क्षेत्रमा आएको ठूलो परिवर्तनको सामना गरिरहेको छ । डिजिटल प्रविधि, एआई जस्ता नयाँ प्रविधिले चलचित्र उद्योगमा अवसर र चुनौती दुबै एकसाथ ल्याएको छ । नेपाली चलचित्र उद्योगलाई पनि यी नयाँ नयाँ प्रविधिले निमत्याएको चुनौतीलाई अवसरमा बदल्न चलचित्रकर्मीले नयाँ उचाइमा पुगेर चिन्तन गर्न आवश्यक छ । त्यसलाई अवसरमा बदल्न सकियो भने चलचित्र क्षेत्रमा नयाँ फड्को मार्न सकिन्छ ।’
नेपाली चलचित्र उद्योगले संस्कृति,परम्परा र ऐतिहासिक गौरव तथा सामाजिक यर्थातलाई विश्वसामु पुयौउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ ।
प्रतिक्रिया