सिध्दार्थ रंगशाला क्रिकेटका लागि अन्तर्राष्ट्रिय स्तरको हुने पारस खड्काको विश्वास

KPKP

काठमाडौं । क्रिकेट एशोशिएशन नेपाल (क्यान)का महासचिव पारस खड्काले लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता तयारी अवलोकन गरेका छन्। उनले यस अन्तर्गत सिध्दार्थ रंगशाला, एक्स्ट्राटेक ओवल तथा देउखुरी

PKK

अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रत्यक्ष खेल हेर्ने अवसर मिलेको बताएका छन्।

KPKP

आफ्नो फेसबुकवालमा उनले यी तीनै मैदान छिटै नै अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट बन्न योग्य रहेको अनुभूति भएको चर्चा गरेका छन्।महासचिव खड्काले यसका लागि स्थानीय तथा प्रदेश सरकारलाई सहयोग गरिदिन हार्दिक अनुरोध गर्दै जिल्लाहरुमा आवद्ध सम्पुर्ण क्रिकेट क्लबहरु, जिल्ला क्रिकेट संघहरु तथा लुम्बिनी प्रदेश क्रिकेट संघलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

PPPK

साथै, लमही नगरपालिका  प्रमुख तथा कार्यकारी प्रमुखसँग भएको विशेष छलफलमा देउखुरी रंगशाला नेपाल क्रिकेट संघलाई

PKKP

छिटै नै हस्तान्तरण गरिदिने व्यहोरा समेत जानकारी गराएको भनेर उनले हार्दिक आभार समेत व्यक्त गरेका छन्।

PKP

प्रतिक्रिया