काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपाल सरकारबाट तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालाई ध्यानाकर्षण गराएको छ ।
शुक्रवार पत्रकार सम्मेलन गर्दै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता मणिनाथ गोपले श्रम ऐन, २०७४ को १०६ बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण गरेको भन्दै कतिपय प्रतिस्ठानले उक्त व्यवस्था पालना नगरेको बताएका हुन् ।उनले भने,‘ श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले मर्यादित श्रम अभ्यासलाई सुनिश्चित गराउन एक प्रमुख निकायको रुपमा भूमिका निर्वाह गरिरहेको बिदितै छ । विभागको कार्यलाई प्रभावकारी तुल्याउन विभाग एक्लैले सम्भव नहुने र साझेदार निकायहरुसँगको सहकार्य अनिवार्य अपेक्षित पनि हुने हुँदा रोजगारदाता, श्रमिक, सञ्चारका माध्यम एवम् सरोकारवाला सबै निकायलाई सहकार्य र सहयोगका लागि विभागा अपिल गर्दछ ।’
विभागले आफ्नो सीमित साधन स्रोतका बावजुद मर्यादित एवम् असल श्रम अभ्यासका लागि गर्नुपर्ने सहजीकरण, अनुगमन, निरीक्षण एवम् नियम कार्यहरुलाई यथासक्य प्रभावकारी रुपमा सञ्चालन गरिरहेको पनि जानकारी उनले दिए ।
उनले बालबालिकालाई श्रमिकको रुपमा काममा लगाउनु दण्डनीय भएको र बाध्यकारी श्रम निवारणको वातावरण निर्माण गर्न सबैलाई अनुरोध समेत गरेका छ । उनले भने,‘बालबालिकालाई श्रमिकको रुपमा काममा लगाउनु दण्डनीय हुने, उनीहरुको इच्छा विरुद्ध श्रम गराउन नहुने, कुनै प्रकारको जोखिमयुक्त व्यवसाय वा काम एवम् निकृष्ट÷शोषणयुक्त श्रममा लगाउन नहुने, कोही कसैलाई पनि शोषण गर्न, दास वा बाधा बनाउन, निजको इच्छा विपरित काममा लगाउन नपाइने कानूनी व्यवस्था छ । संवैधानिक तथा कानूनी व्यवस्थाको परिपालना गरी बालश्रम तथा बाध्यकारी श्रम निवारणको वातावरण निर्माण गर्न विभाग सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछु ।’
प्रतिक्रिया