सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य घटेको हो । गत शुक्रबार प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको सुन ९०० सयले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी प्रतितोला १५रुपैयाँले घटेर आज चाँदी एक हजार ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ  ।

प्रतिक्रिया