प्रतिबन्धित लागुऔषधसहित पाँचजना पक्राउ

बिराटनगर । झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

चैत ११ गते मेची बिट र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–५ स्थितमा चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगरसहित मे.६ प ९९७७ नम्बरको मोटरसाइकल चालक माई नगरपालिका–५ इलामका ३३ बर्षीय भुपेन्द्र लावती र मोटरसाइकल पछाडि सवार बिर्तामोड–५ का २३ बर्षीय राजिब चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर–१७ बाट को. २९ प ६४२७ नम्बरको मोटरसाइकल चालक बेलबारी–११ का २९ बर्षीय आशिष राई र मोटरसाइकल पछाडि सवार २९ बर्षीय आशिष तामाङलाई ६ ग्राम १२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने सुनसरी धरानका २४ बर्षीय अफ्रोज सिद्धिकीलाई ट्रामाडोल १२० क्याप्सुल र १२० ट्याब्लेटसहित इलाका प्रहरी कार्यालय धरान सुनसरीले पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
 

प्रतिक्रिया