सुनचाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।

 मंगलबार एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोवार भएको सुन आज २०० रुपैयाँले बढेर एक लाख ७३ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोवार भैइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर एक हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया