काठमाडौं । मनी लन्ड्रिङको दोषी ठहरिएकी भियतनामी रियल स्टेट टाइकुनको अपिल सुरु भएको छ । तीन महिनापछि उनले छुट्टै मुद्दामा मृत्युदण्ड विरूद्धको चुनौती गुमाएकी थिइन् ।
रियल स्टेट व्यवसायी ट्रुङ माई लानलाई सन् २०२४ अप्रिलमा साइगन वाणिज्य बैंक (एससिबी) बाट पैसा चोरी गरेको आरोपमा दोषी ठहर गरिएको थियो र २७ अर्ब डलरको ठगी गरेको आरोपमा मृत्युदण्ड सजाय सुनाइएको थियो ।
लानले त्यस फैसलाविरुद्ध अपिल गरिन् र अदालतले उनको सजाय घटाउने कुनै आधार नभएको बतायो । यद्यपि अदालतले चोरी गरिएका सम्पत्तिको तीन चौथाई फिर्ता गरे मृत्युदण्डबाट उम्कन सक्ने बतायो ।
अहिले उनले अक्टोबरमा भएको दोस्रो मुद्दाको फैसलाविरुद्ध अपिल गरिरहेकी छन् । उक्त मुद्दाको फैसलामा उनलाई तीन वटा अपराधका लागि आजीवन कारावासको सजाय सुनाइएको थियो ।
मङ्गलबार उच्च–प्रोफाइल सुनुवाइमा अभ्यस्त लानले प्रहरी अधिकारीहरूसँग कुराकानी गरिन् र होची मिन्ह सिटीमा अदालत सुरु हुने पर्खाइमा अपेक्षाकृत सहज देखिकी थिईन्।
प्रहरी अधिकारीहरूको घेराबीच उनकी भतिजी उनको पछाडि बसेकी थिईन्। भतिजीलाई अक्टोबरमा सम्पत्ति ठगीका लागि पाँच वर्षको जेल सजाय दिइएको थियो ।
अक्टोबरमा मनी लन्ड्रिङको आरोपमा उनलाई दिइएको दुई वर्षको सजाय स्वीकार गरिसक्नुभएका उनका पति चु न्याप कीबिना लान अदालतमा परेको यो पहिलो पटक हो ।
सरकारी मिडियाका अनुसार अपील अप्रिल २१ सम्म चल्नेछ र लानको बचाउ आठ वकिलले गर्नेछन् ।
अठसठ्ठी वर्षीया लानलाई १७ अर्ब ७० करोड मनी लन्ड्रिङ र चार अर्ब ५० करोड डलरको गैरकानूनी सीमापार कारोबारको दोषी ठहर गरिएको छ । उनीमाथि एक अर्ब २० करोड डलर ठगी गरेको अभियोग पनि लागेको थियो ।
लान ‘मुख्य योजनाकार थिईन्, परिष्कृत तरीकाले, धेरै पटक अपराध गरिन्, जसले विशेष रूपमा गम्भीर परिणामहरू ल्याईन्’ भन्ने अदालतले निर्धारण गरेको छ ।
अन्य ३३ अभियुक्तलाई पनि हो ची मिन्ह शहरको अदालतमा सजाय दिइएको थियो र उनीहरूलाई दुईदेखि २३ वर्षसम्मको जेल सजाय दिइएको थियो ।
तीमध्ये २७ जनाले आफ्नो सजायविरुद्ध अपिल गरिरहेको सरकारी मिडियाले बताएको छ ।
अप्रिलमा पहिलो सुनुवाइका बेला लानलाई १२ अर्ब ५० करोड डलर हिनामिना गरेको दोषी ठहरिएको थियो तर अभियोजन पक्षले यो ठगीले कुल २७ अर्बको क्षति पु¥याएको बताएका छन् जुन देशको सन् २०२३ को कुल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब छ प्रतिशत बराबर हो ।
लानसँग एससिबीमा कागजी रूपमा मात्र पाँच प्रतिशत शेयर थियो तर अदालतले परिवार, साथी र कर्मचारीहरूमार्फत उहाँले प्रभावकारी रूपमा ९० प्रतिशत नियन्त्रण गर्नुभएको निष्कर्ष निकालेको छ ।
बैंकमा आफ्नो बचत निक्षेप गरेका दशौँ हजार मानिसले पैसा गुमाएका थिए । यसले साम्यवादी राष्ट्रलाई स्तब्ध बनाउँदै दुर्लभ विरोध प्रदर्शनहरू गर्न पीडितहरूलाई प्रेरित गरेको थियो । आईएनएस समाचार
प्रतिक्रिया