बाटोको हिउँ
तस्विरहरु

बाटोको हिउँ

 

शम्भु गौतम, दोलखा 
दुई दिन अघिदेखि परेको हिमपातका कारण जाडो बढेपछि दोलखा जिल्लाका जनताको जनजीवन प्रभावित भएको छ । तर यसले आन्तरिक तथा बाह्य पर्यटनलाई भने सघाउ पु¥याएको छ । 

दोलखा जिल्लाको कालिन्चोक, शैलुङ, जिरी, च्योर्दोङ हनुमन्ते लगायतका उच्च पहाडी भेगमा हिउँको मौसममा पर्यटकहरुको बाक्लै उपस्थिति हुनेगर्छ । तर दोलखाका यी ठाउँहरु जाने पर्यटकहरुले हिउँको मज्जा दोलखा जिल्ला प्रवेश गर्नेवित्तिकै पाउने गर्दछन् । 

दोलखाका पर्यटकीय स्थल जाने पर्यटकहरुले दोलखा प्रवेश गरेलगत्तै अर्थात खरिढुङ्गा क्षेत्र प्रवेश गरेपछि हिउँको मज्जा लिन पाउँछन् । करिब २७२० मिटर अग्लो खरिढुङ्गा क्षेत्रमा पनि वर्षेनि हिउँ पर्ने गर्दछ । कालिन्चोक, शैलुङ, च्योर्दोङ लगायतका क्षेत्रसँगै यहाँ हिउँ पर्दा ती मुख्य पर्यटकीय क्षेत्रमा जाने पर्यटकहरुको हिउँ खेल्ने पूवाभ्यास खरिढुङ्गामा हुने गर्छ । 

काठमाडौँबाट दोलखा जाँदै गरेका विवेक खत्रीले बाटैमा पर्ने खरिढुङ्गामा हिउँ खेल्न पाएकोमा खुशी व्यक्त गरे । 

भीमेश्वर नगरपालिका २ दोलखाबाट हिउँ खेल्न खरिढुङ्गा पुगेकी रचु श्रेष्ठको समूह पनि खरिढुङ्गामा हिउँ खेल्दा छुट्टै मज्जा आएका बताउँछन् । 

काठमाडौँबाट दोलखा र दोलखाबाट काठमाडौँ जानेहरु एकपटक खरिढुङ्गाको हिउँसँग चिसो साट्ने गर्दछन् । 

बाटो काट्दै गर्दा हिउँसँग रमाएकाहरु र रमाउन चाहनेहरुका लागि प्रस्तुत छ तस्विरको सँगालो । 

प्रतिक्रिया