रौतहट । रौतहटको गरुडा नगरपालिकाको चोकमा रहेको तरकारी बजारमा शुक्रवार विहान आगलागी भएको छ ।
आगलागीबाट करीव तिन वटा भन्दा बढी फुसको घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।स्थानीय कमल जयसवालले सञ्चालन गरेको होटलमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यलय गरुडाले जनाएको छ । प्रहरीका अनुसार आगलागीले घरमा राखिएको दुईवटा ग्यास सिलिण्डर विष्फोट भएको छ । ग्यास सिलिण्डर विस्फोट भएपछि आगो नियन्त्रणमा बाहिर गएपनि कुनै प्रकारको मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार राय बताए ।
उनका अनुसार आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ ईलाका प्रहरी कार्यालय गरुडाको टोलि घटनास्थल पुगेको थियो । सुरक्षाकर्मी , स्थानियबासी र गौरबाट आएको वरुण यन्त्र (दमकल) सहयोगमा आगो नियन्त्रणमा आएको उनले जानकारी दिए । आगो करीव दुई घण्टापछी नियन्त्रणमा आएको उनले बताए । कति वटा फुसको घर जलेर नष्ट भएको वारे आधिकारीक जानकारी प्राप्त नभएपनि तीनवटा भन्दा बढी नै जलेको डिएसपी रायले बताए । आगलागीवारे भएका क्षतिका विवरण संकलन भइरहेकोे जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
प्रतिक्रिया