काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरिएको छ । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर तोडफोड गरेका हुन् ।
पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी अहिले समाजवादी मोर्चामा संलग्न रहेको छ।
प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाएका छन् भने कार्यालय अगाडि आगजनी समेत गरेका छन् ।
प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका छन् । तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । राजवादीहरुको आमसभा समेत प्रभावित बनेको छ ।
प्रतिक्रिया