तीनकुने क्षेत्रमा आज राती १० बजेसम्म कर्फ्यू आदेश

काठमाडौं। सरकारले तनावग्रस्त काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यू लगाएको छ । स्थानीय प्रशासनले कर्फ्यू लगाएको सूचना दिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार आज शुक्रबार अपरान्ह ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।

दुर्गा प्रसाइँको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि प्रशासनले कर्फ्यू लगाउनु परेको जनाएको छ ।

आज तीनकुने क्षेत्रमा प्रदर्शनकारीले व्यक्तिको घर तथा पसल लगायतका भवनहरुमा आगजनी गरेका छन्।

दिउँसोदेखि नै प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रसाईं नेतृत्वको आजको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा सहित नेता कार्यकर्ता पनि सहभागी थिए।

Notice

प्रतिक्रिया