पोखरा । पोखरा वडा नं. १७ मा ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ आयोजना हुदैँछ ।
आईतबार पोखरामा पत्रकार सम्मेलन गर्दै मानव सेवा फाउण्डेसन, नेपालले महायज्ञको आयोजना गर्न लागेको जानकारी गराएका हुन् । हिजोबाट अगाडि बढेको कोटी होमको कार्यक्रम जेठको २६ गतेसम्म निरन्तर रुपका सञ्चालन हुने छ । सोही क्रममा धर्मगुरु विजय कृष्णमुर्ति महाराजले कुनै पनि कमि कमजोरी हुन नदिने हिसाबले महायज्ञको व्यवस्थापन गरेको भन्दै यसमा केही गल्ती भए सुझाव दिन आग्रह गरेका छन् ।
प्रतिक्रिया