इटहरी । कोशी प्रदेशसहित देशभर यतिबेला युरियालगायत मलको हाहाकार रहेको छ ।
किसानहरु मकै खेतीका साथै चैतमा रोपाईं हुने धान खेतीका लागि आवश्यक मल पाउन नसक्दा चिन्तित देखिन्छन् । मल वितरण गर्ने संस्थाले अनुदानमा दिएको मल आइ नसक्दा किसानमा चिन्तित देखिएका हुन् । मल कहिले आउँछ त किसानमा यो प्रश्न जिवित छ । यो प्रश्नको जवाफ कोशी प्रदेश अन्तरगत उद्योग कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रचार अधिकृत अभिमन्यु अधिकारी भन्छन्,‘भारतको कलकत्ता बन्दरगाहबाट यहाँ आउने हामीलाई साल्टट्रेनिङले जनाएको छ । यस साता मल आएपछि वैशाख पहिलो हप्तादेखि यहाँ त निर्णय गरेर मल वितरण गरिहाल्छौं ।’
उनले मलको यूरियालगायत सबै मलको अभाव कोशी प्रदेशमा देखिएको पनि जनाएका छन् ।
प्रतिक्रिया