नेपालसँग कतार ८ विकेटले पराजित

काठमाडौं ।  हङकङमा आजदेखि सुरु भएको चार देश सम्मिलित टि–२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे।

नेपालसहित कुवेत, कतार र हङकङ सहभागी प्रतियोगिताको आज हुने दोस्रो खेलमा हङकङ र कुवेत खेल्नेछन् । भोली नेपालले कुवेतको सामना गर्नेछ । शुक्रबार लिग चरणको अन्तिम खेलपछि शीर्ष दुई टोलीले शनिबार फाइनल खेल्नेछन् ।

प्रतिक्रिया