काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यहि २९ चैत शुक्रबारमा हुने निर्वाचनका लागि २ वटा छुट्टा छुट्टै समुह बनाएर चुनावि मैदानमा होमीएका छन ।
दुवै प्यानल प्रचारप्रसारको अन्तिम चरणमा पुगेका छन् । दुबै समुहले बुधबार अन्तिम चुनावी कार्यक्रम सम्पन्न गरे । बुधवार गुरुङ समुहले यति पार्टी प्यालेस र गेलाल समूहले बसुन्धारा ब्याङ्कटमा कार्यक्रम गर्दै आ आफ्नै समूहले जित्ने दावी गरे । उनीहरुले काठमाण्डौंका विभिन्न स्थानमा शक्ति प्रदर्शन सहित चुनावी सभाहरु निरन्तर गरीरहेका छन् । दुवै समूहले बुधबार आफ्नो अन्तिम चुनावी सभा आयोजना गरेका छन् । बुधबार गेलाल समूहले बसुन्धरा व्याङक्वेटमा र गुरुङ समूहले यति व्याङक्वेट बसुन्धरामा अन्तिम चुनावीसभा आयोजना गरेका छन ।
चुनावमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि स्वतन्त्रसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्ष पदमा उम्मेदवारी दिएका संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा. लि.का संचालक भुवनसिंह गुरुङ प्यानलका उम्मेदवारले घरदैलो गरेर प्यानललाई मत मागिरहेका छन् । अध्यक्षका उम्मेदवार गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक भूवनसिंह गुरुङले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारसँग छलफल र समन्वय गरेर समस्याको समाधानका लागि दिनरात खटिने प्रतिबद्धता जनाए ।
गुरुङले आफू नेता भएर नभई, व्यवसायीको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाउँदै कुनै पनि आवरणमा हुने सिन्डिकेटको विरोधमा काम गर्ने पहिलो प्रतिबद्धता रहेकोे बताए । उनले विभिन्न भ्रम छरेर संघको निर्वाचनमा विरोधी प्यानल आएको भन्दै व्यवसायी आफ्नो पेसा व्यवसायका लागि सचेत हुनुपर्ने जिकिर गरे । प्रथम उपाध्यक्षका उम्मेदवार नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकालले वैदेशिक रोजगार क्षेत्रमा सिन्डिकेट गतिविधि रोक्न अधिकतम प्रयास गर्ने समूहको लक्ष्य रहेकोे भन्दै व्यवसायीलई घात गर्ने कुनै काम नगर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया