चर्को दवावपछि राप्रपा नेता राणा र मिश्रलाई तारेखमा छाड्ने तयारी

काठमाडौं । सरकारले अदृश्य दवाव थेग्न नसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तारिखमा राख्ने गरी थुनामुक्त गर्ने भएको छ।

सांसद राणाकी पत्नी प्रतिमाराजे सिन्धियालेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत उत्तर प्रदेशको शक्ति केन्द्रको एक कल राजनीतिक फोन गराएपछि सरकार उनीहरुलाई तारेखमा छाड्न वाध्य भएको उच्च समाचार सूत्रले बताएको छ। उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथसँग घनिष्ठ सम्वन्ध रहेका सांसद राणाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पटक पटक लखनौ आतिथ्यता दिलाएका थिए।

शक्ति केन्द्रको फोन आएपछि राणा पत्नीले आफैं प्रधानमन्त्री ओलीसँग फोनवार्ता गरेकी थिईन् र उनले आफ्ना पतिलाई तत्काल रिहा नगरे चर्को मूल्य चुकाउनुपर्ने छ भनेर चेतावनी समेत दिएकी जानकार सूत्रको भनाई छ। उनले आफ्ना पतिसँग अर्का नेता मिश्रलाई पनि रिहा गर्न माग गरेकी थिईन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको दवावलाई सरकारले वेवास्ता गरेको ठानिएपछि कुटुम्ब सम्बन्ध प्रयोग गरेर सांसद राणा थुनामुक्त हुन लागेका हुन्। उनको ससुराली उत्तर प्रदेश हुनु र योगीसँगको व्यक्तिगत घनिष्ठता रहनु राप्रपा र राणा दुवै पक्षलाई राजनीतिक लाभ मिल्न लागेको हो।

यी फोन कलहरु प्राप्त भएपछि प्रधानमन्त्री ओलीले महान्यायाधिवक्ता रमेश बडाललाई बोलाएर परामर्श गरेपछि कानूनी प्रक्रिया मिलाएर तारेखमा राख्ने व्यवस्था गर्न निर्देशन दिएका थिए। 

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक कार्यक्रममा सहभागी दुवैजनालाई कानूनी कार्बाहीका लागि हिरासतमा राखिएको थियो ।

 
 

प्रतिक्रिया