बिजुली गइरहने समस्या समाधान भयोः घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन् । शुक्रवार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट यो समस्या समाधान हुने जानकारी दिए ।

उनले विद्युत आपूर्ति नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति माग आएपनि आपूर्ति गर्ने स्थितिमा प्राधिकरण रहेको बताए । उनले काठमाडौं उपत्यकामा अब ९ वटा सबस्टेशन थपिँने भएकोले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रुपमा उपत्यकामा २ हजार मेगावाट विद्युत आपूर्ति गर्न सक्ने बताए ।

घिसिङले केही ट्रान्सफर्मरहरु लोडअनुसार फेरिरहेको र केही फिडरहरुमा आगलागी भएका कारण यी समस्या आइरहेको बताए । घिसिङले आजबाट उपत्यकामा ट्रान्सफर्मरहरु परिवर्तन गरिसक्ने भएकोले विद्युत जाने समस्या नहुने बताए ।


 

प्रतिक्रिया