सुनको मूल्य पून : बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पून : बढेको छ । आज एकैपटक २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन् पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदी आज १० रुपैयाँले वृद्धि भई १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया