नेपालसँग हङकङ ९ विकेटले पराजित

काठमाडौं । आइसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ ।

हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको समिकरण अन्तिम खेलसम्म पुर्याएको हो । तल्लो मुलपानी क्रिकेट रंगशालामा बुधबार हङकङले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १२.३ ओभरमा पूरा गर्यो । नेपालका तीनै ब्याटरले आक्रामक ब्याटिङ गर्दै सहज जित पक्का गरेका थिए । अब नेपालले लिगको अन्तिम खेलमा शनिबार अफगानिस्तानको सामना गर्नेछ । 

प्रतिक्रिया