रियललाई हराउँदै आर्सनल सेमिफाइनलमा

काठमाडौं । युरोपियन च्यामपियन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

समीकरण पूरा भएसँगै आर्सनल युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा रियल म्याड्रिड बाहिरिएको छ ।  रियल म्याड्रिडसँग बुधबार २–१ ले पराजित गर्दै समग्रमा ५–१ को अग्रतासहित आर्सनल अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा आर्सनल ३–० ले विजयी भएको थियो । बोकायो साकाले ६५ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरले बराबरी गोल फर्काए ।

इन्ज्युरी समयमा मार्टिनेलीले गोल गरेपछि आर्सनलले दोस्रो लेगमा पनि दोस्रो लेगमा जित निकाल्यो । योसँगै १५ पटकको च्याम्पियन रियल च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ । अर्को खेलबाट इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखसँग बुधवार २–२ को बराबरी खेलेपछि समग्रमा ४–३ को अग्रतासहित इन्टर अन्तिम चारमा पुगेको हो । पिएसजी र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । 

प्रतिक्रिया