वैशाख महिनाको ग्रहदशा: सुरक्षा संयन्त्र अकर्मण्य हुने, अवैध धन लुटिने, केही बैंक डुब्ने

काठमाडौं । अब यो बैशाख महिनामा अरु बढी उत्पात हामीले देशमा बेहोर्नु पर्नेछ। शनि र राहुको युतिले बनाएको पिशाच योग एबं मंगल निच भएको कारण सुरक्षा संयन्त्रको अकर्मण्यता देखिनेछ। सीमावर्ती क्षेत्रमा नेपाल मिचिनेछ। समग्रमा २०८२साल नै धेरैले धेरै परिवर्तन देख्नुपर्नेछ। आार्थिक मन्दीको सामना गर्न कठिन छ। कर्मचारी र सेवाग्राहीको तलव दिन पनि धौधौ पर्नेछ। केहीले देशबाट लखेटिनु पर्नेछ। गुरु मिथुनमा प्रवेश र राहु कुँभमा प्रवेश पछि धेरै  परिवर्तन हुनेछ । अन्यायपूर्वक कमाएको शिवश्व, ब्रम्हश्व, देवश्व र राजश्व लुटिने छ। गुरु शनिको परिवर्तनले धेरै अन्यायीहरूले जेल जानुपर्ने छ।

गुरुको लगातार आठबर्षसम्म हुने अतिचारले अतिचार गर्नेहरू नाङ्गिने पक्का छ। अबको असार पछिको समय खास धर्म र आध्यात्मिक उन्नतिले नास्तिक र पैशाचिक धर्मको युगको विस्तारै अन्त्य हुनेछ । नयाँ युगले गरीबी विस्तारै हटाउन मद्दत पुग्नेछ । 

केही इन्टरनेट र डिजिटल समस्या विश्वभर नआउला भन्न सकिन्न। केही नेपालका बैंकहरू डुब्ने संभावना प्रवल भएका कारण सचेत रहनु पर्ला। नयाँ युगमा हामी  प्रवेश गर्ने क्रममा छौँ । तसर्थ स्वागत गरौँ नयाँ युगको इश्वरको भक्त बनेर । प्रकृतिको लिलालाई परमात्मामा सरण नपरे धेरै दुखःनभोग्नु पर्ला भन्न सकिन्न। (ज्योतिषी उदय निरौलाको संक्षिप्त विश्लेषण)

प्रतिक्रिया