महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ ।

नगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो । पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ । महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै चालेको ‘डोजर अभियान’ चलाउने निर्णय यसअघि नै गरेको थियो । त्यसका विरुद्ध कवाड व्यवसायीहरुले सडक आन्दोलन समेत गर्दै आइरहेका छन् ।
 

प्रतिक्रिया