८८ वर्षको उमेरमा पोप फ्रान्सिसको निधन

काठमाडौं । पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ । भ्याटिकनले आधिकारिक रूपमा घोषणा गरेको छ, इस्टरको एक दिन पछि उनले अन्तिम सास लिएका थिए ।

भ्याटिकनले पोप फ्रान्सिसको निधन भएको जानकारी दिएको छ। कार्डिनल केभिन फारेलले यो घोषणा गरे। उनले पोप फ्रान्सिसले सोमबार बिहान ७स्३५ बजे अन्तिम सास फेरेको जनाए। कार्डिनल फारेलले पोप फ्रान्सिसको जीवन भगवान र चर्चको सेवामा समर्पित रहेको बताए।

पोप ८८ वर्षका थिए । उनी लामो समयदेखि बिरामी थिए । फारेलले पोप फ्रान्सिसको सम्पूर्ण जीवन भगवान र चर्चको सेवामा समर्पित रहेको चर्चा गर्दै उनले सधैं मानिसहरूलाई प्रेम र साहसका साथ बाँच्न सिकाएका बताए।

पोप फ्रान्सिसको मृत्युपछि अब नयाँ पोपको निर्वाचन हुनेछ। कार्डिनलहरूले मिलेर नयाँ पोपको निर्वाचन गर्नेछन्।

पोप फ्रान्सिसको जन्म डिसेम्बर १७, १९३६ मा अर्जेन्टिनाको ब्यूनस आयर्समा भएको थियो। उनको वास्तविक नाम जर्ज मारियो बर्गोग्लियो थियो। उनले १३ मार्च २०१३ मा रोमन क्याथोलिक चर्चको सर्वोच्च धार्मिक नेता पोपको पद ग्रहण गरे।

रोमका बिशप र भ्याटिकनका प्रमुखलाई पोप भनिन्छ। पोप फ्रान्सिस ल्याटिन अमेरिकाबाट आउने पहिलो पोप थिए। पोप फ्रान्सिसले आफ्नो कार्यकालमा चर्चमा सुधारलाई प्रवर्द्धन गरे। उनी मानवीय क्षेत्रमा आफ्नो कामका लागि पनि परिचित थिए।
 

प्रतिक्रिया