विपद्को समयमा हामी सबै चनाखो बनौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान जस्ता समस्या न्यूनीकरण गर्न बजेट भन्दा नीतिगत निर्णय गर्दा पुग्ने बताएका छन् । 

आइतबार गृहमन्त्रीसँग विपद् सम्बाद शुभारम्भ कार्यक्रममा बोल्दै उनले कतिपय विपद्को समयमा आफू चनाखो हुदाँ मात्र पनि कम हुने बताएका हुन् । ‘अविरल वर्षा हुदाँ तराईमा डुबान, पहाडमा पहिरोको समस्या छ । हिमालमा लेक लाग्ने, चिसो लाग्ने समस्या छ । तराई मधेशमा लु लाग्ने समस्या छ । झापा र मोरक सबैभन्दा बढि चट्याङको समस्या छ यहाँ प्रधिकरणका साथिहरु छन् मेरो आग्रह यहाँ धेरै ठुलो बजेटको आवश्यकता छैन कतिपय नीतिगत निर्णय गर्दा पुग्छ । कतिपय कुरामा हामी चनाखो मात्र भए पुग्छ, कतिपयमा निरन्तर फलो गर्दा मात्र पुग्छ,’ उनले भने । उनले विपद्को समयमा गर्ने अलर्ट सन्देश भन्दा घण्टी नै बजाउनुपर्ने बताए । 

‘मैले डिजी साबसँग भनेको पूर्व सूचना प्रणाली त छ, त्यसलाई अझ स्मार्ट बनाउन जरुरी छ जस्तै हामी म्यासेज गर्ने गरेका छौँ । मैले भनेको म्यासेज नगर्नुस् बरु घण्टी नै बजाउने व्यवस्था गर्नुस् भनेको छु । किनभने म्यासेज सबैले हेर्दैनन्, मोवाइल गोजीमा हुन्छ, मान्छे कोही खेतमा हलो जोतिरहेको कोही घाँस काटिरहेको हुन्छ म्यासेज आएको थाहा हुन्न्,’ उनले भने । उनले पूर्व सूचना प्रणालीमा घण्टी बजाउने र एउटै स्वरमा सूचना दिने भन्दै यो आवश्यक रहेको बताए ।  

प्रतिक्रिया