काठमाडौं । प्रहरीले यातायात व्यवस्था विभागको गुर्जुधारास्थित कार्यालयबाट १६ जना शंकास्पद विचौलियालाई पक्राउ गरेको छ । लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको र छिटो छरितो काम गरिदिने भनी जबरजस्ती तानातान गरेको गुनासो आएपछि १६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ बस्ने २३ वर्षीय सुष्नि लामा, चन्द्रागिरि ५का २४ वर्षीय शौरव श्रेष्ठ, चन्द्रागिरीकै २७ वर्षीय राजेश खड्की, चन्द्रागिरिकै २१ वर्षीय रविन कार्की, चन्द्रागिरिका २५ वर्षीय अजय महर्जन र चन्द्रागिरिकै २६ वर्षीय हरिकृष्ण पहरी रहेका छन् ।
यस्तै धरानका २७ वर्षीय राकु तामाङ, अछाम घर भएका २१ वर्षीय एकेन्द्र बुढा, ओखलढुंगा घर भएका ३८ वर्षीय विरेन्द्र कटुवाल, तनहुँ घर भएका २३ वर्षीय शुसान्त राजभण्डारी, मकवानपुर घर भएका १९ वर्षीय विशाल लामा, रोल्पा घर भएका २३ वर्षीय जीवन मगर, झापा घर भएका २८ वर्षीय विशाल मेचे, ओखलढुंगा घर भएका २१ वर्षीय विवेक न्यौपाने, ललितपुर घर भएका ३४ वर्षीय रुद्रबहादुर महत र सिन्धुपाल्चोक घर भएका २१ वर्षीय छिरिङ तामाङ रहेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोटमा पठाएको छ ।
प्रतिक्रिया