नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सिलवाललाई

काठमाडौं । नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई तोकेको छ । उनले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

उनी हाल बालाजुस्थित १ नम्बर वाहिनीपतिका रुपमा कार्यरत छन् । प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझबुझारथको क्रम चलिरहेको छ । हालका प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएको छ ।

प्रतिक्रिया