जनअपेक्षा अनुसार काम गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षा अनुसार काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रालयका सचिव र मन्त्रीहरुको संयुक्त बैठकमा बोलाई प्रधानमन्त्रीले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न निर्देशन दिएका हुन् ।

उनले मुलुकमा विकास निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए । बैठकमा प्रधानमन्त्रीले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

समग्रतामा प्रधानमन्त्रीले मुलुकको अपेक्षा र जनताको अपेक्षा अनुसार सरकारले तीव्रताका साथ काम गरोस् भनेर निर्देशन दिएको कार्कीले बताए । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

प्रतिक्रिया