काठमाडौं । विकासविद् तथा सकारात्मक सोँच विस्तारका लागि सक्रिय डा. आरसी लामिछानेले आफ्नै शब्दमा ‘हामी सबैले सक्दछौँ’ बोलको गीत ल्याएका छन् । सबैलाई सफल जीवनमा लाग्न उत्प्रेरणा दिदैँ जीवनमा हामी सबैले केही न केही सफल काम गर्न सक्छौँ भन्ने भाव गीतले बोकेको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका पूर्व कार्यकारी निर्देशकसमेत लामिछानेले लेखेको गीतमा गायक एवम् सङ्गीतकार नरहरी प्रेमी र गायिका काब्य आचार्यले स्वर दिएका छन् । गीतमा लक्षुप्रकाश मल्लले सङ्गीत संयोजन गरेका छन् । मानिसमा भएको निराशा र नकारात्मक सोँचलाई हटाउन सके संसारै उज्यालो बनाउन सकिने सन्देशसहितको यो गीत विभिन्न सकारात्मक सोँच जगाउन आयोजना गरिने तालिममाका लागि पनि प्रभावकारी हुने विश्वास लामिछानेको छ ।
करिव १७ वर्षदेखि प्रशंसनीय खोज सम्बन्धी तालिम दिदै आएका लामिछानेले केस वेस्टन विश्वविद्यालयबाट प्रशंसनीय खोजमा अध्ययन पनि गरेका छन् ।
नेपालमा मात्रै होइन चीन, भारत, बंगालादेश, फिलिपिन्स लगायतका देशहरूमा प्रशिक्षकको रुपमा उनले सकारात्मक सोँच र प्रशंसनीय खोजसम्बन्धी तालिम सञ्चालन गरेका छन् । लामिछाने हाल पोखरा महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्षको रुपमा कार्यरत छन् ।
प्रतिक्रिया