४० बर्ष अघि नक्सालस्थित शंखरकीर्ती बिहारबाट हराएको पद्यपाणी लोकेश्वरको मुर्ति सोहि बिहारमा प्रतिस्थापन गरिएको छ । ९-१० औँ शताब्दीका लिच्छविकालिन राजा शंखरदेवको पालामा निर्माण गरिएको सो मुर्ति वि.सं २०३३-३४ सालमा चोरी भएको सो क्षेत्रका वडा सदस्य राजकुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रिय संग्रहालय छाउनीबाट आज गुरुजुको पल्टन र बाजागाजा सहित रथ यात्रा गरेर विहार पुर्याइएको छ ।
प्रतिक्रिया