पूर्वराजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ३०० र्औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा आयोजित कार्यक्रममा सहभागी हुने भएका छन् ।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकले सोमबार विज्ञप्ति जारी गरी पूर्वराजा मंगलबार मध्यान्ह १२ः ३० बजे सिहदरबारको मूलगेट अगाडि रहेको श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको जानकारी दिएका हुन् ।

प्रतिक्रिया