'तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बर्बाद गर्न हुँदैन'

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेको बताएका छन् ।

३०० औँ पृथ्वी जयन्तीका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले राष्ट्र निर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको सम्वेदनशीलतालाई सदैव आत्मसाथ गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यतिबेला हामी असन्तुलनको परिणाम व्यहोर्दै आएको बताएका हुन् ।

सन्देशमा उनले भनेका छन्, ‘सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रतिनै चिन्ता गर्नुपर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनुहुँदैन ।’

271665867_623350215386373_6511447097412241367_n

प्रतिक्रिया