यस्तो छ नारायणहिटीको जग्गा भाडा सम्बन्धमा गठित छानविन समितिको प्रतिवेदन

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र रेन्टुरेन्ट सञ्चालनको विषयमा छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको छ ।

सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा गठित समितिले सोमबार छानबिन प्रतिवेदन मन्त्री आलेलाई बुझाएको हो । समितिले रेस्टुरेन्टले प्रयोग गर्ने क्षेत्रफल र स्थानको सीमांकन नभएको, कार्यकारी निर्देशकको कमजोरी देखिएको, जिम्मेवारी पूरा भएको नदेखिएको निष्कर्ष निकालेको छ । साथै प्रतिवेदनमा करिब १४ रोपनी जग्गा कब्जा गरेर अरु संरचना निर्माण भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले रेष्टुरेन्ट संचालनका लागि तोकिएको भाडादर तय गर्दा समेत चलन चल्तीको बजार मुल्यलाई आधार नबनाएको निष्कर्ष निकालेको छ ।

नारायणहिटीको जग्गा भाडा सम्बन्धमा गठित छानविन समितिको प्रतिवेदन

प्रतिवेदनमा भनिएको छ,‘सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा ६ मा व्यवस्था भएबमोजिम एउटै परिवारभित्रका सेयर सदस्यहरु रहेका तीन वटा फर्मका बोलपत्रदाताहरु आपसमा मिलोमतो गरी न्यूनतम मूल्यांकन रकम रु २.२०,४४० / २६ भन्दा रु १.१७७/७४ पैसा मात्र बढी कबोल गरी ठेक्का सम्झौता गरेको देखिँदा ठेक्का सम्झौता कार्यमा एक आपसमा मिलोमतो भएको हुन सक्ने देखिन्छ।’

प्रतिक्रिया