सार्वजनिक स्थलमा २५ जनाभन्दा बढीको भेला र कार्यक्रम गर्न गृह मन्त्रालयद्वारा रोक

काठमाडौँ । गृह मन्त्रालयले कोरोना संक्रमण रोकथामका लागि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको छ । गृहले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्न रोक लगाएको हो ।

गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसी)को सिफारिस कार्यान्वयन गर्न निर्देशन दिएको छ । सीसीएमसीसीको बसेको बैठकले कोरोना नियन्त्रणका लागि केही प्रतिवन्धात्मक व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

त्यस्तै, सार्वजनिक स्थानहरू कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न पनि सुरक्षा निकाय र तथा प्रशासनलाई गृहले निर्देशन दिएको छ । माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्नका लागि खोप कार्ड अनिवार्य गर्न पनि निर्देशन गृह मन्त्रालयले दिएको छ ।

270100068_608529713741812_4590903145894373116_n (1)

प्रतिक्रिया