नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक दाहालद्वारा राजीनामा

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

कार्यकारी निर्देशक दाहालले मंगलबार राजीनामा बुझाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जानकारी दिएका छन् । बतास समूहले सार्वजनिक खरिद ऐनविपरीत मिलेमतोबाट नारायणहिटीमा रेन्टुरेन्ट संचालन गरेको निष्कर्ष पर्यटन मन्त्रालयको छानबिन समितिले देखाएको थियो ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा पुरानो दरबारकालीन ऐतिहासिक बंकरसमेत होटल सञ्चालनका लागि बतास समूहले सम्झौतामा उल्लेख नै नगरी अतिक्रमण गरेको देखाएको छ ।

समितिले सोमबार पर्यटनमन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो । कार्यकारी निर्देशक दाहालले छानबिनका लागि सहज होस् भनेर आफूले राजीनामा दिएको दाबी गरेका छन् ।

यसैबीच, नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ ।

उले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका र राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए । उनले भने, “कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको राजीनामा स्वीकृत भएको छ ।”

यस्तो छ नारायणहिटीको जग्गा भाडा सम्बन्धमा गठित छानविन समितिको प्रतिवेदन

प्रतिक्रिया