सिंहदरबार प्रवेशमा कडाइ, सफाइकर्मी बाहेकका सबै पास खारेज

काठमाडौं । गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि बनाइएका सरसफाइकर्मी बाहेकका अस्थायी र स्थायी पास तथा अस्थायी परिचयपत्र खारेज गरेको छ ।

मन्त्रालयले बुधबार सूचना जारी गरी कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनगर गरी सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग र विभिन्न कार्यालयबाट जारी भएका पास खारेज गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा नयाँ स्थायी, अस्थायी पास र परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै जारी हुने उल्लेख छ ।

सरसफाइसँग सम्बन्धित व्यक्तिको हकमा पूर्व जारी भएका पास र अस्थायी परिचयपत्रबाट नै प्रवेश दिने मन्त्रालयले जनाएको छ ।  सिंहदरबारभित्र सञ्चालन भएका चमेनागृहको हकमा २९ गते एक दिनका लागि पुरानै पासबाट प्रवेश दिइने र ३० गतेदेखि भने आवश्यकता हेरी नयाँ पास दिइनेछ । 

home-1212022021110-1000x0
 

प्रतिक्रिया