'कोरोनाको जोखिम भएका मुलुकमा भ्रमण नगर्नु '

काठमाडौं । अध्यागमन विभागले अतिआवश्यक अवस्थामा बाहेक कोरोना भाइरसको संक्रमणको जोखिम भएका मुलुकमा भ्रमण नगर्न आग्रह गरेको छ । बुधबार ट्राभल एडभाइजरी जारी गर्दै विभागले ओमिक्रोन भेरियन्टको संक्रमणको जोखिम भएका मुलुकहरुमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरुलाई अतिआवश्यक अवस्था बाहेक यात्रा नगर्न आग्रह गरेको हो ।

विभागले ओमिक्रोनको संक्रमण देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट सिधै नेपाल आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन १६ मंसिरबाटै रोक लगाएको र यसलाई यथावत राखिएको जनाएको छ ।

_epali_page_001

प्रतिक्रिया