सहायता सामग्री लिएर नेपाली टोली काबुल प्रस्थान

काठमाडौं । नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाएको छ । आइतबार परराष्ट्र मन्त्रालयको टोली हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित काबुल प्रस्थान गरेको हो ।

काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने पनि मन्त्री खड्काले बताए । परराष्ट्रमन्त्री खड्काले अन्तर्राष्ट्रिय संचारमाध्यममार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको पीडा देखेपछि नेपाल सरकारका तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको बताए ।

उनका अनुसार आजै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ । 

प्रतिक्रिया