विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने

काठमाडौं । सरकारले कोभिड संक्रमण बढेसँगै केही क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने, सबै प्रकारका जुलुस र भेला हुने गतिविधि माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको हो ।

आइतबार संचारमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक, गोष्ठी जस्ता भीडभाड हुने गतिविधि गर्न नदिने निर्णय गरेको जानकारी दिए ।

कुनै पनि कार्यक्रम नगरी नहुने अवस्थाको भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एन्टिजेन परीक्षणपछिमात्रै गर्नुपर्ने, सिनेमा हल, डान्सबार, हेल्थक्लब, स्वीमिङ पूल, हाटबजार माघ १५ गतेसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

त्यस्तैगरी विद्यालय, क्याम्पस माघ १५ गतेसम्म भौतिकरुपमा उपस्थित नगर्ने निर्णय गरेको छ । पछिल्ला दिनमा कोरोनाको तेस्रो लहर शुरु भएपछि सरकारले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गरेको छ ।


 

प्रतिक्रिया