पर्यटन बोर्डका सिइओ सुन चोरी पैठारी मुद्दामा दोषी ठहर भएको खुलासा

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी सुन चोरी पैठारीमा संलग्न भएको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले रेग्मी सुन चोरी पैठारीमा दोषी ठहर भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जानकारी गराएको हो ।

रेग्मी २०७४ पुस ९ गते कतार एयरलाइन्सबाट आउँदा ३० ग्राम सुनसहित पक्राउ परेका र सुन जफत गरी एक लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना गरिएको कार्यालयले जानकारी दिएको छ । रेग्मीमाथि बेलायतबाट फर्किदा भन्सार ऐन विपरीत रक्सी छिराउन खोज्दा कर्मचारीसँग झगडा परेको विषयमाथि छानविन चलिरहेको छ ।

272074752_963108444319820_5311478258446287341_n

प्रतिक्रिया